१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत एक लाख ३० हजार घुससहित रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:o३:oo

कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल एक लाख ३० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । 

स्रोत नखुलेको एक हजार पाँच रुपैयाँसमेत गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट अख्तियार टोलीले पाललाई पक्राउ गरेको हो । नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।