१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साउदी ६ विकेटले पराजित, अपराजित रहँदै नेपालले पूरा गर्‍याे समूह चरणको यात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले यो जितसँगै अपराजित रहँदै समूह चरणको यात्रा सम्पन्न गरेको छ।

ओमानको अल अमेरत मैदानमा वर्षाको कारण आठ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गर्दै साउदी अरेबियाले सात विकेटको क्षतिमा ७३ रन जोडेको थियो।

प्रत्युत्तरमा ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पूरा गर्यो। नेपालले ७.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। 

नेपालको जितमा अलराउन्डर गुल्सन झा पुनः नायक सावित भए । १९ बल मात्र खेलेका उनले दुई चौका र दुई छक्कासहित ३२ बनाउँदै टिमलाई जितसम्म डोर्याए । यस्तै, कप्तान रोहितकुमार पौडेलले सात बलमा एक चौका र एक छक्काको मद्यतमा १६ रनको योगदान दिए । गुल्सन र रोहित अविजित रहे।

त्यसअघि सस्तैमा दुवै ओपनर गुमाएपछि नेपाल संकटमा देखिएको थियो। पहिलो ओभरको दोस्रो बलमै नेपालले कुशल भुर्तेललाई गुमाएको थियो। उनी शून्य रनमै आउट भए। दोस्रो विकेटका रूपमा अर्का ओपनर आसिफ शेख दोस्रो ओभरको दोस्रो बलमै पेभेलियन फर्किंदा नेपालको स्कोर पाँच मात्र थियो। 

त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको काँधमा जिम्मेवारी आयो । तर, विस्फोटक ब्याटर कुशल पनि पाँच बलमा केवल दुई रन बनाएर आउट भएपछि नेपाली इनिङ्स संकटमा देखियो।

तर, अर्को इन्डमा रहेका दीपेन्द्रले गुल्सनसँग मिलेर ३३ रनको साझेदारी गरेपछि नेपाल खेलमा फर्कियो। नौ बलमा १७ रन बनाएर दीपेन्द्र आउट हुन पुगे। बाँकी काम गुल्सन र कप्तान रोहितले पूरा गरे। 

त्यसअघि साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे। तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करन केसी र अभिनाश बोहराले दुई–दुई विकेट लिए भने प्रतीश जिसी र ललित राजवंशीले एक–एक विकेट लिए।