मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Monday, 14 July, 2025
२o८१ बैशाख ५ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत लैजाँदै गरेको १२८० प्याकेट खुकुरी चुरोट जमुनाह नाकामा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार १४:१२:oo

बाँके प्रहरीले अवैध रूपमा भारत लैजाँदै गरेको चुरोट जमुनाह नाकामा बरामद गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका– १५ जमुनाहस्थित नाकामा चेकजाँचका क्रममा एक हजार दुई सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। 

बरामद गरिएको चुरोट करिब एक लाख ५८ हजार सात सय २० रुपैयाँबराबरको भएको उनले बताए। अवैध रूपमा भारत लैजाने तीनजनालाई पनि पक्राउ गरिएको उनले बताए। बरामद चुरोट नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 

‘इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले डेढ लाखभन्दा बढी मूल्यबराबरको चुरोट बरामद गरेको छ । उक्त चुरोट र पक्राउ परेका ढुवानीकर्तालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ,’ डिएसपी डाँगीले भने।