१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १३:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजाको शरणार्थी शिविरमा आक्रमण, सात बालबालिकासहित १८ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१४:oo

मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा कम्तीमा सात बालबालिकासहित १८ जनाको मृत्यु भएको छ।

आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा सहिद अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

प्रत्यक्षदर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरू भुइँमा लडिरहेको देखिएका थिए। त्यहाँ धेरै मानिस आतंकित भएर वरिपरि दौडिँदै चिच्याइरहेकाे र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन्। 

अल–अक्सा सहिद अस्पतालबाट सिएनएनले आकस्मिक कक्ष हताहत र घाइते व्यक्तिले  भरिएको जनाएकाे छ। सिएनएनका अनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शवनजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए। अस्पतालकोे भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ। 

‘कसैसँग कुनै सम्बन्ध छैन। उनीहरू नागरिक हुन्। कृपा गर। तिमीहरूले बच्चाहरूलाई मार्दै छौ। सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकालाई मार्दै छौँ,’ एक प्रत्यक्षदर्शीले सिएनएनसँग भने। 

इजरायल र हमासबीच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा १० हजारभन्दा बढी महिला मारिएको मंगलबार प्रकाशित युएन वुमनको रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा युद्धको ६ महिनामा गाजामा १० हजार प्यालेस्टिनी महिला मारिएकामध्ये अनुमानित ६ हजार आमाहरू मारिँदा १९ हजार बालबालिका अनाथ भएको  सिएनएनले जनाएको छ। 

प्रतिवेदनका अनुसार द्वन्द्वका कारण गाजापट्टीमा १० लाखभन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी नभएका कारण ‘विनाशकारी भोकमरी’को सामना गरिरहेका छन्, जसले  उनीहरूको जीवनलाई थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ।

उनीहरूले शौचालयको पहुँचसमेत पाएका छैनन्। गाजामा पछिल्लो समयमा प्रत्येक १०  मिनेटमा एक बच्चा घाइते वा मृत्यु हुने गरेकाे छ।