१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमतीमा भागबन्डा मिलाउन दुई विकल्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:२९:oo

बागमती प्रदेशमा मन्त्री र मन्त्रालय व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि दुईवटा प्रस्ताव अघि सारिएको छ । बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय रहे पनि मन्त्रीको संख्या १३ पुगेको छ ।

यो अवस्थामा सरकारको नेतृत्व गरिरहेको माओवादीले एकीकृत समाजवादीबाट थपिएका मन्त्रीलाई फिर्ता बोलाउन वा मन्त्रालय थप्नमा राजी हुन प्रस्ताव गरेको छ । बागमतीमा गठबन्धन फेरिएपछि १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आलेलाई मन्त्री बनाएका थिए ।

मन्त्रालय व्यवस्थापनमा समस्या भएपछि माओवादी र एमालेले एक मन्त्री फिर्ता बोलाएर बाँकी रहेका दुई मन्त्रीमध्ये एकलाई रोजेको मन्त्रालय दिन सकिने प्रस्ताव पठाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए । यद्यपि, यसमा पनि एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय मागे पनि एमाले–माओवादीले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको अफर गरिरहेका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले मन्त्रालय टुक्र्याउने पक्षमा आफूहरू सहमत नरहेको बताए । भागबन्डामा भने सन्तुलन कायम हुनुपर्ने अन्यथा सहमति नहुने उनले दाबी गरे । २० चैतमा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा पाँच मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका थिए । उनले प्रदेशमा रहेको १२ वटा मन्त्रालयमा विनाविभागीयसहित १३ जना मन्त्री नियुक्त गरेका थिए । 

 

ad
ad