१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : युवकको फुर्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o५:५२:oo

व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थियो । उनी समयमै कार्यालय पुगे । कम्पनीले आफूलाई दिएको कुर्सीमा बसेर उनी सानदार क्याबिन नियाल्दै थिए । 

त्यति नै वेला उनको ढोका कसैले ढकढकाएको आवाज आयो । उनले ढोकातिर यसो हेरे । त्यहाँ एक सामान्य देखिने मानिस एउटा झोला बोकेर उभिइरहेका थिए । युवकले ती आगन्तुकलाई भित्र बोलाएर आउनुको कारण सोध्नुको साटो आधा घन्टा प्रतीक्षा गर्नू भनेर आफू काममा लागेजस्तो गर्न थाले ।

आधा घन्टापछि पुनः तिनै मानिसले भित्र आउने अनुमति माग्दै ढोका ढकढकाए । उनलाई भित्र आउने अनुमति दिएर युवक आफ्नो टेबलमा राखिएको टेलिफोनको रिसिभर उठाएर कसैसित कुरा गर्न थाले । उनी फोनमा कसैसित धेरै–धेरै पैसा र सुविधाको कुरा गर्न थाले । उनी फोनमा आफ्नो ऐसआरामबारे अनेक कुरा गरिरहेका थिए । भित्र पसेका व्यक्ति पनि उनका कुरा चुपचाप सुनिरहेका थिए । तैपनि, ती युवकले आफ्नो वार्तालाप रोक्नुको साटो जारी नै राखे । 

जब उनको कुराकानी सकियो । त्यसपछि टेलिफोन राखिसकेपछि उनले ती आगन्तुकसित प्रश्न गरे– तिमी यहाँ किन आएका हौ ? मसँग तिम्रो के काम थियो ? आगन्तुकले युवकको टेबलमा रहेको टेलिफोनतिर देखाउँदै विनम्रतापूर्वक भने– म टेलिफोन कार्यालयबाट टेलिफोन मर्मतका लागि आएको हुँ । 

तपाईं भर्खरै जुन टेलिफोनमार्फत कसैसित कुरा गर्दै हुनुहुन्थ्यो, त्यो एक साताभन्दा लामो समयदेखि बन्द छ भन्ने मैले खबर पाएको थिएँ । त्यसैले, यसको मर्मत गर्न आएको हुँ हजुर । आगन्तुकको जवाफ सुनेपछि ती युवक लाजले रातोपिरो भए । उनी चुपचाप आफ्नो क्याबिनबाट बाहिर निस्किए ।

ad
ad