Skip This
भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २१:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय प्रशासनसँगको भिडन्तमा ७० भन्दा बढी लडाकुले ज्यान गुमाइसकेका छन्। 

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टिलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तीसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो।

उक्त झडपमा तीनजना सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए। छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्यांकले देखाएको छ ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको, तर आकारमा खुम्चिएको विद्रोही बहुल ‘रेड करिडोर’मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा संगठन गर्दै छापामार युद्ध गर्दै आएकाे छ ।

नयाँदिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौँ डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ । (एएफपी)