१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:२६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा दर्जनौँ हवाई हमला, इरानी आक्रमणपछि गाजामाथि दबाब बढाउँदै इजराइल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

इजरायलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ। इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ। यसबाट यस क्षेत्रमा द्वन्द्वको आशंका बढेको छ। 

इरानले शनिबार राति इजरायलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन्। यद्यपि, इजरायली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको दाबी गरेको छ। 

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो। उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए। इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ। 

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भने, ‘इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ।’

मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजरायली योजनामाथि आशंकाहरू बढेको बताएका छन्। रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन्। 

सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भने, ‘रफाहमा हाम्रा सैनिक बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ।’ यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, ‘गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुईवटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ।’ 

हमास सरकारको मिडिया कार्यालयले इजरायली विमानहरूले मध्यगाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ। घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजराइली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्‍याे। यद्यपि, इजरायलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ।     

इरानी आक्रमणपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आइतबार आपतकालीन बैठक बसेको छ। बैठकमा इजरायलले तेहरानविरुद्ध नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ। महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सँघारमा रहेको चेतावनी दिए।