१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनजित राईको हत्यामा संलग्न तीनजना तीन दिनपछि पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गर्ने तीन युवा पक्राउ परेका छन्। 

यही वैशाख १ गते राति करिब ८ बजेको समयमा स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले तीन दिनपछि सोमबार पाथेकाबाट पक्राउ गरेको हो। 

धनजितलाई छुरा प्रहार गरी घटनास्थलमै हत्या गरेर फरार भएका तीन युवालाई सोही नगरपालिकाको वडा नम्बर १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन्। 

‘धनजितको हत्यापछि फरार भएका उनीहरू तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ। लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएका उनीहरू तीनैजनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘उनीहरूले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको छ। तर, उनीहरु तीनैजनाले धनजितको हत्या आफूहरूले नै गरेको स्वीकार गरिसकेका छन्।’ 

धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरू मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिएका छन् । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजना युवालाई थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। 

साँझको समयमा भएको घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरी चौकी जालपा र प्रहरी चौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए। धनजितको हत्यापछि राति नै भागेका उनीहरू तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन्। छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई ७ः३० बजेको समयमा फोन सम्पर्क गरेको बताइएको छ। 

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिएका छन्। मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिश्री (घर बनाउने काम) गर्दै आएको बुझिएको छ । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उहाँकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत)समेत सामान्य घाइते भएका छन्। 

धनजितको हत्यामा संलग्न तीन युवा गाउँमा मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, अर्काको खोरमा राखिएको कुखुरा चोरेर खानेलगायतका क्रियाकलापमा सक्रिय रहेको छिमेकीहरूले बताएका छन्। उनीहरू तीनैजना पटक–पटक जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा बसेर छुटेको बुझिएको छ।

विकास र आशन वर्षदिनअघि ०८० वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिखमा छुटेका थिए। अर्का आरोपित गणेश चोरी मुद्दामा कारागार बसेर छुटेको स्थानीय बासिन्दाले बताएका छन्।