१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियाे : एमाले अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४४:oo

एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न कांग्रेससँग सहकार्य गरेर एकीकृत समाजवादीले अराजनीतिक काम गरेको टिप्पणी गरेका छन्।

नयाँ बनेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज भएको संसदीय दलको समीक्षात्मक बैठकलाई सम्बोधन गर्दै एमाले दलका नेता ओलीले एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताएका हुन्।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको सवालमा एकीकृत समाजवादीले लिएको निर्णयलाई अराजनीतिक भनेका हुन्।

सत्तासमीकरणमा आबद्ध दलबीच आइतबार भएको छलफलमा सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई पहिले मुख्यमन्त्री दिन नसकिने अडान राखेको एकीकृत समाजवादीले पछि कांग्रेससँग मिलेर पहिले त्यही नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री बनाउन तयार भएको ओलीको भनाइ थियो। उनले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएकोसमेत बताए। 

‘अघिल्लो सरकारका कारण मुलुक र जनतामा व्याप्त निराशा नयाँ राजनीतिक समीकरण बनेपछि नयाँ आशामा रूपान्तरण हुँदै छ। तर, यस्तो वेला सुदूरपश्चिम प्रदेश सरकार निर्माणको सवालमा वर्तमान समीकरणकै दल एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको छ,’ ओलीले भने । 

ad
ad