मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३ सोमबार
  • Friday, 14 February, 2025
२o८१ बैशाख ३ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३ सोमबार १२:o४:oo

अछाममा आगलागी हुँदा दुईजना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका– ६ को षोडषामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो।

स्थानीय दीपक बोहराकी छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराका छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउलासमेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।