१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रमेश रावल सुर्खेत
Invalid date format ११:३६:oo
Read Time : < 1 मिनेट
समाचार

एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहितको प्यानल विजयी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format ११:३६:oo

नेकपा एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहित प्यानलै विजयी भएको छ। अध्यक्षसहित पदाधिकारीका लागि आइतबार भएको निर्वाचनमा बुमीसहितको प्यानलै निर्वाचित भएको हो। 

अध्यक्षमा बुमीले निकटतम प्रतिद्वन्द्वी डबल रावतलाई पराजय गरेका थिए। अध्यक्षमा बुमीसहित उनको प्यानलका प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएको  निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए।