१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ वर्षीय सुजनले दोस्रोपटक छेडाए जिब्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।

यसअघि नाैपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ।

मध्यपुर ठिमी– २ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ।