Skip This
गुल्मीमा वार्षिक साढे पाँच करोडको गुडखुदो उत्पादन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
२o८१ जेठ १६ बुधबार o७:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

गुल्मीमा वार्षिक साढे पाँच करोडको गुडखुदो उत्पादन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार o७:३७:oo

छत्रकोट गाउँपालिका–४, दिगामका रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डेय र मीना न्यौपानेको संयुक्त लगानीमा गाउँमै दुई वर्षदेखि व्यावसायिक उखुखेती भइरहेको छ । चारजनाले गाउँले ग्रुप अफ इन्ड्रस्टिज प्रालिमार्फत दुई सय रोपनीमा उखु लगाएका छन् । आफ्नो कम्पनीबाहेक गाउँका एक सय ५० भन्दा बढी किसानले उत्पादन गरेको उखु खरिद गरेर खुदो तथा गुड उत्पादन गरिरहेको सञ्चालक रामकृष्ण न्यौपानेले बताए । उनीहरूले गाउँमै उखुबाट समृद्धि खोज्दै करिब एक करोडको प्रोजेक्ट बनाएका छन् । त्योमध्ये दुई वर्षमा करिब ६० लाख लगानी गरिसकेको सञ्चालक न्यौपानेले बताए । अझै दुई सय रोपनी क्षेत्रफलमा उखु लगाउने कम्पनीको योजना छ ।

उनीहरूले ‘दिगामे’ नामबाट गुड र खुदोको ब्रान्डिङ गरेका छन् । कम्पनीमार्फत करिब ९४ लाखबराबरको गुडखुदोको कारोबार भएको उनले बताए । अहिले १२ जना जनशक्तिमार्फत उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने काम भइरहेको छ । यो काम ६ महिना चल्छ । उखु प्रतिकिलो नौदेखि १२ रुपैयाँ, खुदो एक सय ७५ र गुड दुई सय ७० देखि तीन सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ । ‘गाउँमा समृद्धिको आशा जगाएका छौँ । १२–१५ जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘६–६ महिना बारी र फ्याक्ट्रीमा काम गर्छौँ ।’

गुल्मीको रुरु क्षेत्र र छत्रकोट गाउँपालिकामा उखुको राम्रो उत्पादन छ । गुडले रुरु र छत्रकोटसँगै जिल्लाकै पहिचान बनाएको छ । विशेष गरेर थोर्गेली गुडले राम्रो बजार बनाएको छ । उखुको काम र व्यापार बाह्रैमास हुन्छ । उखुबाट रस, खुदो र गुड उत्पादन हुने भएकाले मंसिरदेखि चैतसम्म किसानलाई फुर्सद नमिल्ने उनले बताए ।  रुरुक्षेत्र गाउँपालिका–३, थानपतिका ५५ वर्षीय चोलानाथ ज्ञवाली बिहान ५ बजेदेखि राति १० बजेसम्म उखुको काममा व्यस्त हुन्छन् । ज्ञवालीले आफ्नो र अरूकोमा गरेर ५० रोपनीमा उखु रोपेका छन् । पुर्ख्यौली पेसा थामेका ज्ञवालीले वर्षमा २५–३० लाखसम्मको कारोबार गर्छन् । कामका वेला १२ देखि १८ र नियमित काम गर्ने पाँचजना कामदार छन् ।

पाँच सय ८९ मेट्रिकटन गुडखुदो उत्पादन 
कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार जिल्लाको छत्रकोट र रुरु क्षेत्र गाउँपालिकाबाट गत वर्ष करिब साढे पाँच करोडको गुडखुदो बिक्री भएको थियो । रुरुक्षेत्र गाउँपालिका र छत्रकोटमा चार सय ७५ घरधुरीले एक सय ९० हेक्टरमा उखुखेती गर्दै आएका छन् । गत वर्ष पाँच सय ८९ मेट्रिकटन गुडखुदो उत्पादन भएको कृषि ज्ञानकेन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । पाँच करोड ४५ लाखबराबरको उत्पादनमध्ये दुई करोड ७० लाखबराबरको खुडखुदो जिल्लाबाहिर बिक्री भएको भण्डारीले बताए । अहिलेसम्म ढोडे, रातो र सेतो कोसेर र जितपुर जातको उखुखेती हुँदै आएको छ । उखुको क्षेत्रफल विस्तार, उत्पादकत्व वृद्धि र उत्पादनको विविधीकरणका लागि काम गर्नुपर्ने ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए ।

बा परदेश, आमाछोरालाई गाउँमै रोजगारी

प्रकाश न्यौपाने र बसन्ती न्यौपाने आमा छोरा हुन् । छोराले गाउँले ग्रुप अफ इण्ड्रष्टिज प्रालिमा गुडखुदो बनाउने र आमाले कुकको काम गर्छिन । प्रकाशले काम गर्न थालेका एक बर्ष भयाे । उनले प्लस टु सकेर गाउँमा काम गर्न थालेका हुन्। बिहान ८ बजेबाट साँझ ६ बजेसम्म उनी गुड बनाउन ब्यस्त हुन्छन् । प्रकाशकाे २१ हजार र बसन्तीको १५ हजार पारिश्रमिक छ । बसन्तीका श्रीमान् बिस्नु न्यौपाने १६ बर्षदेखि कतार छन् ।

यस्तै मुसिकोट नगरपालिका–३ का राम बहादुर थापाले ग्रुप अफ इण्ड्रष्टिज प्रालिमा काम गर्न थालेकाे एक बर्ष भयाे। उनले किसानकोबाट ट्याक्टरमा उखु ढुवानीदेखि व्यवस्थापनको काम गर्छन् । थापाको पारिश्रमिक मासिक २५ हजार छ । ‘एक बर्षदेखि उँखुको काम गरिरहेको छु । आफ्नै ठाउँमा खाएर २५ हजार कमाई छ,' उनले भने, ‘परिवारसंग नजिक हुँदा अझ आनन्द आउँछ ।’ 

त्यस्तै इस्मा गाउँपालिका–६ का खिम बहादुर र निरु कुमारी श्रीमान–श्रीमती हुन् । उनीहरुले दैनिक आठ सयमा एक महिनादेखी काम गरिरहेका छन् । गाउँमै मासिक १८/२० हजार कमाइ भएपछि ५९ वर्षीय गिरिप्रसाद न्यौपानेले पनि प्रालिमा दुई बर्षदेखि खुदो पकाउने काम गर्छन् ।

 

ad
ad
ad
ad