१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ घटना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

विसं २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ। विश्वव्यापी रूपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती देखिएकाे उल्लेख गर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा वृद्धि भएको जनाएको छ।

महासंघका अनुसार गत वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन्। पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना संकलनमा अवरोध गर्नेजस्ता घटना अभिलेख गरिएका महासंघले जनाएको छ।

महासंघका अनुसार दुर्व्यवहार र धम्कीका घटना सबैभन्दा धेरै अभिलेख गरिएको छ। यस्ता ३० घटना हुँदा आक्रमणका १५ तथा पेसागत असुरक्षाका १२ घटना भएका छन्। यसैगरी, पक्राउ तीन, कब्जा तथा अवरोध तीन र लैंगिक हिंसाका एक घटना भएका महासंघले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि, विसं २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने विसं २०७८ मा ७४ घटना भएका थिए।

विसं २०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चारगृहमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै महासंघले पत्रकारको पेसागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायतका कानुन कार्यान्वयनको प्रत्याभूति, नागरिकको संवैधानिक अधिकार, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।