१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

घान्द्रुकमा घोडा दौडको उपाधि देवेन्द्रलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

घान्द्रुक पर्यटन महोत्सवअन्तर्गत आयोजना गरिएको घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन्। घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवअन्तर्गत घोडा दौडको निर्धारित नौ किलोमिटरको दूरी २२ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै देवेन्द्रले उपाधिसँगै नगद ५५ हजार ५५५ हात पारे।

२२ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका कृष्ण गुरुङले २७ हजार ७७७ र तेस्रो भएका विनोद गुरुङले ११ हजार ११ रुपैयाँ नगद पुरस्कार पाए। विनोदले २३ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए।

यसैगरी, महोत्सवअन्तर्गत आयोजना गरिएको क्लबस्तरीय पुरुष भलिबलको उपाधि विधान स्पोर्टस् क्लबले हात पारेको छ। अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै विधानले उपाधि र एक लाख ११ हजार १११ तथा उपविजेता किम्चेले ७० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

यसैगरी, खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई ५६–४७ अंकले पराजित गर्दै उपाधि जितेको टाइम्सले एक लाख र उपविजेता आर्मीले ६० हजार नगद पुरस्कार पाए।

त्यसैगरी, स्याङ्जाका दुजिक थापामगरले ठेलो प्रतियोगिताको उपाधि हात पारे। उनले नगद आठ हजार पाउँदा दोस्रो भएका पर्वतका युवराज गुरुङले पाँच हजार पुरस्कार पाए।