१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जितपुर-सिमरा गोल्डकप : मच्छिन्द्र उपाधिनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४औँ जितपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति सिमरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो।

मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबीच हुने विभागीय डर्बीको विजेतासँग खेल्नेछ।

मच्छिन्द्रको जितमा बिमल घर्तीमगर र देवेन्द्र तामाङले एक–एक गोल गरे। मच्छिन्द्रले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो। खेलको ३०औँ मिनेटमा बिमल घर्तीमगरको गोलमार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो। पेनाल्टी बक्सबाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई बिमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिँदै सानदार गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे। अभिषेक गुरुङको कर्नर बलमा देवेन्द्रले हेडिङमार्फत गोल गरेका थिए।

राष्ट्रिय टिमका अनुभवी खेलाडीसहित मैदान उत्रिएको मच्छिन्द्रसामु सिराहाका खेलाडी दबाबमा देखिन्थे। पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेले पनि मच्छिन्द्रको अग्रतापछि सिराहाका खेलाडी लयमा देखिएनन्। बिमल घर्तीमगर, मनीष डाँगीजस्ता खेलाडीसहित सिमरा रंगशालामा उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो।

पहिलो हाफमै फराकिलो अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो। सिराहाले दोस्रो हाफमा आकर्षक अवसर बनाउन सकेन। जितपुर-सिमरा गोल्डकपमा पहिलोपटक सहभागी भएको सलहेश प्रतियोगिताबाट बाहिरिँदा मच्छिन्द्र पहिलोपटक फाइनल पुगेको हो।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका बिमल घर्तीमगर घोषित भए। उनले शुभारम्भ कलेज म्यान अफ द म्याचको ट्रफीसहित १० हजार प्राप्त गरे। उनलाई जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा. राहुल झाले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताअन्तर्गत शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।