१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुरको बत्सलादेवी माविमा एन्फाका फुटबल खेलाडीलाई अध्ययन गराइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

अखिल नेपाल फुटबल संघ एन्फा र मकवानपुरको भीमफेदी गाउँपालिका– ९ स्थित बत्सलादेवी माविमा प्रशिक्षणमा रहेका फुटबल खेलाडीलाई अध्ययनको व्यवस्था मिलाउने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ।

फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ १३ वर्षमुनिका ३० जना पुरुष खेलाडीलाई विद्यालयमा प्रशिक्षणमा राख्न सहमतिपत्रमा हस्ताक्षर भएको हो। एन्फाले प्रशिक्षणमा राखेका खेलाडीहरुलाई विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ। 

अखिल नेपाल फुटबल संघ एन्फाले छनोट गरेका खेलाडीलाई विद्यालयको छात्राबासमा राखेर अध्ययन र प्रशिक्षणको व्यवस्था मिलाइएको हो। शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितिमा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

नेपालमै पहिलोपटक नयाँ अवधारणाका साथ सम्झौता गरिएको हो । जिल्ला जिल्लाबाट छनोट भएका खलाडीहरुलाई एन्फा एकेडेमीले प्रशिक्षणमा राख्नेछ। छात्रावासमा फुटबलका प्रशिक्षक वार्डेन कर्मचारी एन्फाले व्यवस्थापन गरेको छ।