Skip This
वैशाख दोस्रो साता पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o चैत ३० शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैशाख दोस्रो साता पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

मेलापछि तीन सयजनाले रोजगारी पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १६:३४:oo

‘समृद्ध गण्डकीको आधार, उद्यमशीलता र रोजगार’ भन्ने नारासहित वैशाख दोस्रो साता पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला २०८१ हुने भएको छ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुने तीनदिने मेला १० देखि १२ वैशाखसम्म पोखरा सभागृहमा सञ्चालन हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

मेलापछि विभिन्न क्षेत्रमा गरी तीन सयजनाले रोजगारी पाउने आयोजकले जनाएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थी एवं सरोकारवालाका लागि जानकारीसहितको परामर्श प्रदान गर्नु, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदारको उपलब्धताका लागि साझा थलोको रूपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्न सहयोग पुर्‍याउन मेला आयोजना गर्न लागिएको मेलाका सूचना, प्रचारप्रसार उपसमितिका संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए।

मेलामा विशेष गरी उच्च शिक्षा अध्ययन र रोजगारी सिर्जना, उद्यमशीलता र रोजगारी विषयमा विज्ञहरूबाट वृत्ति परामर्श सेवा सञ्चालन, विज्ञहरूको सहजीकरणमा स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धनमा सार्वजनिक निजी–साझेदारी, उद्यमशीलता, रोजगारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौतीसँगै व्यवसाय विकास र लगानी वातावरण विषयमा टक सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

मेलामा विभिन्न उमेर समूहका १५ हजारभन्दा बढीले अवलोकन गर्ने, चार हजारले नाम दर्ता गर्ने र तीन सय बढीलाई विभिन्न क्षेत्रमा रोजगारीको अवसर पाउने अपेक्षा रहेको आचार्यले बताए।

मेलामा कृषि, पर्यटन, स्वास्थ्य, इ–क्यान, उद्योग, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण व्यवसाय, आइटी व्यवसाय, मुद्रण व्यवसाय, अटो मोबाइल्स, अडिटर एसोसिएसन, बैंक तथा वित्तीय संस्था, घरेलु तथा साना उद्योग, नवउद्यमीको व्यवसाय, नवप्रवर्द्धनात्मक अभ्यास, विद्यालय, क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरू र आवश्यकताअनुसार अन्य व्यवसायका स्टलहरू रहने पोखरा महानरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रका नवराज अधिकारीले जानकारी दिए।