१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भेडीगोठमा आगलागी हुँदा गोठालाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

हुम्लामा भेडीगोठमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका– ८ रादेउमा बिहीबार राति भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको जलेर मृत्यु भएको हो।

आगलागीमा ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परेर ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोमा जलेर ऐडीको मृत्यु भएको जानकारी पाउनसाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।

प्रहरीले मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताए। भेडीगोठमा एक सय २० भेडा रहेकोमा ६० भेडा आगलागीमा परेर मरेका छन्।