१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन्।

सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा हाल कायम सदस्यहरूको संख्या ८६ रहेकोमा विश्वासको मतको पक्षमा ४८ र विपक्षमा २८ मत परेको जानकारी गराए। उनले मुख्यमन्त्रीले प्राप्त गरेको मत बहुमत रहेकाले मुख्यमन्त्रीले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको  घोषणा गरे।

यसअघि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दै प्रदेशको विकासमा प्रतिपक्षलाई पनि साथ लिएर सबैको सुझाव र सल्लाहबाट अगाडी बढ्ने बताएका थिए। विश्वासको मतमाथिको छलफलपछि मतदान प्रक्रिया अगाडि बढाइएको थियो। 

चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि महराले २५ गते शपथसँगै  तीन दलका तीनजनालाई  विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।