१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

नागरिक उन्मुक्ति प्रदेश संसदीय दलका नेता चौधरी तीन महिनाका लागि निलम्बनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशका सभामुखलाई पत्र पठाउँदै चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको जानकारी गराएकी छिन्।  पार्टीका अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटकपटक बोलाउँदा पनि उपस्थित नभएको र अध्यक्षले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नदिएकाले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

केन्द्रीय कमिटीले आज पार्टीको अन्तरिम विधानबमोजिम उनलाई निलम्बन गरेको नागरिक उन्मुक्तिले जनाएको छ। अध्यक्ष श्रेष्ठले चौधरीलाई यसअघि दलको नेताबाट हटाएको पत्र सभामुख भीमबहादुर भण्डारीलाई पठाएकी थिइन्। प्रदेश सभाले भने संसदीय दलले नै नेता फेरबदल गर्न पाउने भन्दै त्यसलाई मान्यता दिएको छैन।