१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत ‘हिमडमरु’ उपाधिसहित सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:१९:oo

साहित्यिक पत्रकार संघले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गरेको छ।

हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो। वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका थिए।

बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्रसमेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अध्यक्ष बस्नेतले पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र मानवजाति बाँच्ने उल्लेख गर्दै भने, ‘हिमाल बाँचे मात्रै, जल रहन्छ, पर्यापर्यटन क्षेत्र रहन्छ, हिमाल हेर्न विदेशी आउँछन्। त्यसैले हामी हिमाल बचाउनतिर लागौँ।’

ad
ad