१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

ममता गुरुङको भजन गीत ‘प्रशंसा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:५२:oo

ममता गुरुङको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको भजनसंग्रह १०३ः १.५ बाट लेखिएको हो। यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो।

गीतमा शब्द र संगीत लिदिया लामाको रहेको छ। गीतमा कोरस स्वर बिमला, पवित्रा र शारदाको रहेको छ। गीतको भिडियोमा देवीसरा बादी फिचर्ड छिन्। देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन्। उनी बादी समुदायको शिक्षाका लागि दुई दशकदेखि लागिरहेकी छिन्।

भिडिओमा एचसिएम ब्यान्डलाई पनि देख्न सकिन्छ। दिनेश पराजुली र विशाल थापाले खिचेको भिडिओको निर्देशन गणेश शाहले गरेका हुन्।

गीतको भिडियो बुधबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। होसन्ना मण्डलीमा आयोजित कार्यक्रममा अग्रज गायिका सलोमी तिमोथी प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। उनीसँगै गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल, भिडियो सम्पादक टेकेन्द्र शाहलगायतको उपस्थिति थियो।

ad
ad