मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुन सक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्। 

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए। 

‘यतिवेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ,’ उनले भने, ‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो। वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ।’ 

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) दुई सय ६५ थियो। सोमबार दिउँसो एक सय ६५ एक्युआई रहेको प्रदूषण मंगलबार दुई सय पुगेको थियो। आज भने प्रदूषण घटेर एक सय ७७ एक्युआईमा सीमित भएको छ।