१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

उत्पादनमूलक क्षेत्रको इपिएस भाषा परीक्षामा ६ हजार २२१ उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:२३:oo

उत्पादनमूलक क्षेत्रको रोजगारीमा कोरिया जानका लागि भाषा परीक्षा दिएका ४० हजार पाँच सय ८० मध्ये ६ हजार दुई सय २१ जना उत्तीर्ण भएका छन् ।

इपिएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो । गत ७ फागनुदेखि २४ चैतसम्म परीक्षा सञ्चालन भएको थियो ।

दोस्रो चरणको परीक्षा आगामी ९ देखि १५ वैशाखसम्म सञ्चालन हुने भएको छ । यो परीक्षामा ७९ हजार नौ सय ३७ ले सहभागिता जनाउने अनुमान छ । उक्त परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले पनि परीक्षा लिनेछ । 

तेस्रो चरणको परीक्षा भने ३१ वैशाखदेखि १६ साउनसम्म चल्नेछ । तेस्रो चरणका लागि ३६ हजार एक सय ७९ ले भाषा परीक्षा दिनेछन् ।

प्रकाशित नतिजाअनुसार ९२.५ प्रतिशत अंक ल्याउने उत्तीर्ण भएका हुन् । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

यो वर्ष कुल एक लाख ६३ हजार ६ सय ३५ ले कोरियाको रोजगारीमा जान आवेदन दिएको इपिएस शाखाले जनाएको छ । त्यसमध्ये १५ हजार चार सय ४८ जनालाई कोरियाले रोजगारीका लागि अवसर दिने सहमति भएको छ ।

ad
ad