मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेबाट विमला घिमिरे निर्वाचित भएकी छिन्। राष्ट्रिय सभाकाे मतदान प्रक्रियाबाट आज सत्तागठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी हुन्। 

आजकाे बैठकमा ५५ सदस्य उपस्थित थिए। एमाले उम्मेदवार घिमिरेकाे पक्षमा ३९ मत र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले १६  मत पाएकी छिन्। 

सत्तागठबन्धनमै रहेको एकीकृत समाजवादीले तटस्थ बस्ने निर्णय गरेपनि अन्तिम समयमा सत्तागठबन्धनकी उम्मेदवार घिमिरेलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे। सत्तागठबन्धनमा बहुमत रहेकाेले मतदानअगावै घिमिरेकाे जित निश्चितजस्तै मानिएकाे थियाे। 

५८ सदस्यीय राष्ट्रिय सभामा सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका दश, एकीकृत समाजवादीका आठ र जसपाका तीन र एक स्वतन्त्र गरी ३९ सांसद थिए। राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक हुन्छ। 

यसअघि  सत्तागठबन्धनकाे सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएसँगै याे पद रिक्त थियो। सत्तागठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएसँगै उपाध्यक्ष एमालेले लिने सहमति भएकाे थियाे। 

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्‍म स्थगित भएकाे छ।