१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिग फुटबल : क्वार्टरफाइनलको पहिलो लेगमा सिटी र रियलले बराबरी खेले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटी र रियल म्याड्रिडले बराबरी खेलेका छन्। 

रियलको घरेलुमैदान सान्टियागो बर्नाबेउमा भएको अत्यन्त सनसनीपूर्ण खेलमा दुवैले ३–३ गोलको बराबरी खेलेका हुन्।

गएराति नै भएको अर्को क्वार्टरफाइनलको पहिलो लेगमा पनि आर्सनल र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेलेका छन्।

सिटी र म्याड्रिडबीचको खेल भने पूर्वअनुमान गरिएजस्तै रोमाञ्चले भरिएको थियो। दोस्रो मिनेटमै प्राप्त फ्री किकलाई आश्चर्यजनक रूपमा गोलमा परिणत गर्दै बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाएका थिए। 

रियलका गोलकिपर लुनिनले पत्तै नपाई सिल्भाको फ्री किक प्रहारले जाली चुमेको थियो। १० मिनेटपछि नै रियल खेलमा फर्कियो। उसका लागि एडुवार्डो कामाभिंगाले निकै बाहिरबाट गरेको सशक्त प्रहार सिटीका डिफेन्डर रुबेन डियासलाई लागेर डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

१४औँ मिनेटमा रियलले अग्रता लिन पुग्योे । भिनिसियस जुनियरको पासलाई सानदार ढंगले रोड्रिगोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ६५औँ मिनेटमा फिल फोडेनले बक्सबाहिरबाट अर्को सशक्त प्रहार गर्दै खेल बराबरीमा ल्याए। 

७१औँ मिनेटमा जोस्को गवार्डिवलको गोलमार्फत सिटीले खेलमा पुनः अग्रता लियो। आठ मिनेटपछि नै ७९औँ मिनेटमा फेडेरिको भलभर्डेले गोल गर्दै खेललाई ३–३ को अवस्थामा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा पहिलो लेग बराबरीमा सकियो । अब अर्को साता रियलले सिटीको घरमा खेल्नेछ।