१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै कांग्रेस सर्वोच्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:३६:oo

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको छ।

बहालवाला सभामुखको गणना गरी बहुमत देखाएर एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले वारेसमार्फत रिट दायर गरेका हुन्।

प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री बनेका खगराज अधिकारी र प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर भएको हो।

बहुमत देखाउन सभामुख धितालको सहमतिबेगर नै उनलाई  गणना गरिनु र मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमाअगावै अधिकारीलाई नियुक्ति दिएर शपथ गराउनु संविधानको भावनाविपरीत रहेको रिटमा उल्लेख छ।

रिटको अन्तिम किनारा नलागेसम्म खगराज अधिकारीलाई मुख्यमन्त्रीमा दिइएको नियुक्तिलगायतका सम्पूर्ण कामकारबाही तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश माग गरिएको छ।

उक्त रिटमा भोलि बुधबारलाई पेसी तोकिएको छ।

ad
ad