मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारका लागि काठमाडौं ल्याइएका दुई सैनिकको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

डोल्पामा आगलागीबाट घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका थप दुई सैनिकको पनि निधन भएको छ। डोल्पाबाट सोमबार हेलिकाेप्टरमा काठमाडौं ल्याइएका दुई सैनिकको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मंगलबार निधन भएको हो।

उपचारका क्रममा रहेका सैनिक विजय कोइराला र आशिक बुढाको मृत्यु भएको हो। आगोले शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेको र उपचार गर्दागर्दै निधन भएको अस्पतालले जनाएको छ। सोमबार डोल्पामा उपचार सम्भव नभएपछि दुवैजनालाई नेपाली सेनाको हेलिकोप्टरले नेपालगन्ज हुँदै काठमाडौं ल्याएको थियो।

डोल्पास्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सैनिक घाइते भएका थिए। जसमध्ये एकजनाको सोमबार बेलुका डोल्पामै मृत्यु भइसकेको छ। अर्का एकको डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किएको छ। वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।