१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
प्रहरीसँगको घकेलाघकेलमा च्यापिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : संजित परियार/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्ष लिङ्देनले मागे गृहमन्त्री लामिछानेको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्।

आज राप्रपाले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको भन्दै सो पार्टीका अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

जनप्रदर्शनकै क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले यसअघि सरकारसमक्ष ४०बुँदे माग राखेका थियौँ । अब एउटा माग थपियो र ४१बुँदे भयो, त्यो हो गृहमन्त्रीको राजीनामा ।’  

जनप्रदर्शनको क्रममा गृह प्रशासनले गरेको बल प्रयोगलाई आफूहरूले स्मरणमा राख्ने बताउँदै उनले भने, ‘प्रहरी दमनले हाम्रा थुप्रै नेता–कार्यकर्ता घाइते बनाएको छ। हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने गृहमन्त्री रवि लामिछानेलाई म चेतावनी दिएर भन्न चाहन्छु, आजको दिन हाम्रो स्मरणमा रहिरहनेछ।’ 

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४०बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो। प्रदर्शनमा प्रहरीले लाठी र पानीको फोहाेरा प्रहार गरेको थियाे।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्‍याली केन्द्रीकृत भई भद्रकालीबाट माइतीघरतर्फ मोडिने क्रममा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहाेरा प्रहार गरेको हो। प्रहरीको लाठी र अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन्।