१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ बैशाख १७ सोमबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाको प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मंगलबार काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई लक्षित गरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनले भने, ‘शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने छैनन् र अप्रिय घटना हुनेछैन।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन भएका छन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ।

उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौंमा आएका बताइएको छ। राप्रपाले सरकारसमक्ष पेस गरेको ४०बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौंकेन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

ad
ad