१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दम्पती हत्याको अनुसन्धानमा सिआइबी खटिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o९:oo

पर्वतको जलजलामा एक साताअघि दम्पती हत्या घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई खटाउने निर्णय गरेको छ । स्थानीय प्रहरीले अभियुक्तहरू पहिचान गर्न नसकेपछि मंगलबारदेखि सिआइबी टोली खटिन लागेको हो ।

जलजला गाउँपालिका– २ मल्लाजनिवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए । घटनास्थलका आधारमा प्रहरीले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ ।

पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआइबी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । हत्यापछि सुन र नगदसमेत लुटिएको प्रहरीको भनाइ छ ।

एकान्तमा रहेको घरमा जिसीदम्पती मात्र बस्दै आएका थिए । उनीहरूका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा र अर्का एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका थिए । बेनी बजारमा पसल गरेर बस्ने जेठो छोरा रविन जिसीले घरमा बुबाआमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाउँदा उनीहरू मृत भेटिएका हुन् ।

कुनै समूहले योजना बनाएरै हत्या र लुटपाट गरेको प्रहरी आकलन छ । घटनाको अनुसन्धान जारी नै रहेको र सिआइबीले पनि अनुसन्धानमा सघाउन लागेको पर्वतका डिएसपी खुमलाल भुसाल बताउँछन् ।

ad
ad