आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने जनाएको छ।
‘सुपर बेनिफिट प्याकेज’मा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।
यस्तै, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि ६ हजार रुपैयाँसम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउनेछन्।
आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्यमा थप सुविधासहितको प्रिमियम प्याकेजले ल्याएको बताए।