Skip This
आत्मनिर्भर वृद्ध दम्पती भन्छन्- नाडीमा मसी र आँखामा दृष्टि हुन्जेल कसैको भर पर्नुहुन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
तस्बिरः अर्जुन श्रेष्ठ/नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १३:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आत्मनिर्भर वृद्ध दम्पती भन्छन्- नाडीमा मसी र आँखामा दृष्टि हुन्जेल कसैको भर पर्नुहुन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १३:o९:oo

सानो बस्ने वास त्यो पनि आफन्तले दिएको। भित्र सानो कोठा, त्यहीँ अँगेनो। त्यसकै वल्लो कुनामा केही थान कपडा। पिँढीमा दुई थान सिलाइ मेसिन। त्यही एक थान मिसिनमा हाँस्दै जिस्किँदै कपडा सिलाइरहेका वृद्ध परियार दम्पती 

धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ३ का ६८ वर्षीय दिलबहादुर परियारको दम्पती। उनीहरू भन्छन्– ‘नाडीमा मसी (रगत) र आँखामा दृष्टि हुन्जेल कसैको भर पर्नुहुन्न।’

कपडा सिलाएरै घरखर्च चलाउने गरेको दिलबहादुर परियारले बताए। ‘सानै छँदा सिकेको पुर्ख्याैली सीप अहिले बुढेसकालमा पनि जिउने सहारा बनेको छ,’ उनले भने, ‘अरू काम गर्न सकिन्न। हातमा भएको सीप यही  हो। खान–लाउन दुःख छैन।’ 

दिलबहादुरको खास घर कटुञ्जे हो । तर, पुर्खादेखि नै उनको परिवार सेमजोङ बस्दै आएकाे हाे। सानै उमेरदेखि सिलाइ–बुनाइ गरेर हुर्केका दिलबहादुरले बालीमा पनि काम गरे। उनले भने, ‘बालीमा काम गर्दा पनि खान दुःख थिएन। वर्ष दिनभरि काम गरिन्थ्यो। मुठी र मानो भरेर दिइन्थ्यो। गुजारा चल्थ्यो। तर, करिब १५ वर्षदेखि बालीको काम छाडेर पैसामा काम गर्न थालियो। त्यसपछि सहज भएको छ। ‘लुटी ल्याउनी भुटी खानी भन्या’जस्तो यो कामले भोकोचाहिँ राखेको छैन।’

दिलबहादुरलाई मात्र होइन, उनकी श्रीमती काली परियार पनि सँगसँगै कपडा सिउँछिन्। घर्कँदो उमेरमा पनि आफ्नै कमाइले रमाउन पाउँदा खुसी लागेको उनको अनुभव छ। ‘पहिले गाउँमा टेलर कम थिए। आम्दानी अलि ज्यादा थियो। मासिक २५–३० हजारसम्म कमाइ हुन्थ्यो। हाम्रो कमाइ पनि कम हुँदै गएको छ। महिनामा १५–२० हजार त घर खर्च नै हुन्छ। तैपनि हामी बुढाबुढीलाई खर्च पुर्‍याएर गाउँमा छोराबुहारीलाई पनि खर्च पठाउन पुगेको छ,’ उनले भनिन्। 

परियारदम्पतीका तीन भाइ छोरा छन्। कान्छो छोरासँग बसे पनि उनीहरू सेमजोङ र छोराबुहारी कटुञ्जे बस्छन्। पैसा कमाउन छोरा कुवेत पुगेर आयो, तर अहिले रोजगार नभएको उनी बताउँछन्। 

उत्तरी धादिङको दुर्गम क्षेत्रमा पर्ने सेमजोङमा सिलाइबुनाइ गरेर जीविको चलाउँदै आएका दिलबहादुरदम्पतीको गाउँमा सबैले प्रशंसा गर्छन्। हातमा सीप र ज्यानमा जाँगर छ भने गाउँ र सहर अनि पेसा जुनसुकै भए पनि मानिसलाई भोको रहन पर्दैन भन्ने उदाहरण बनेका छन् उनीहरू।

ad
ad
ad
ad