१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीय अन्धकारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o१:oo

जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका– ४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । सोही वडाको ब्युरेनीस्थित विद्युत् नहर पहिरोले भत्काएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । २५ मिटर नहर पहिरोले भत्काएको छ । 

आयोजना सञ्चालन गर्दै आएको डिल्लीचौर विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार गएको असारमा पहिरो गएपछि नहर चर्किएको थियो । ‘त्यतिवेलादेखि नै नहर मर्मतका लागि गाउँपालिकामा पहल गर्दै आएका थियौँ,’ उनले भने, ‘पहिरो गएको ठाउँमा समयमै मर्मत हुन नसकेपछि अहिले २५ मिटरजति पहिरोले नहर नै भत्कायो । नहर भत्किएपछि २४ चैतदेखि पूर्ण रूपमा विद्युत् नै अवरुद्ध भयो ।’  

‘भत्केको नहर मर्मतका लागि प्राविधिक स्टमेटअनुसार ६ लाख बजेट आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘पहिरोले भत्काउन थालेको नहर समयमै मर्मत गर्नका लागि गाउँपालिकाले स्थानीय सरकारसँग पहल पनि गरेकाे हाे । तर सहयोग भएन ।’ 

अहिले पूर्ण रूपमा विद्युत् अवरुद्ध हुँदा यस गाउँपालिकाका ४, ५ र ६ वडाका करिब आठ सय घरधुरी प्रभावित भएको अध्यक्ष बुढाले बताए । उनले भने, ‘यहाँ सञ्चालनमा रहेका स्थानीय तह गाउँपालिका, वडापालिकासहित अन्य सरकारी निकाय, बैंक वित्तीय संस्थासमेत विद्युत् नहुँदा समस्यामा परेका छन् ।  विद्युत् नहुँदा स्थानीयवासी प्रभावित भएका छन् ।’ 

५८ किलोवाट विद्युत् उत्पादन भएको डिल्लोचौर विद्युत् आयोजनाको ३८ किलोवाट विद्युत् मात्रै खपत भएको अध्यक्ष बुढाको भनाइ छ । उनले भने, ‘खपत हुन बाँकी विद्युत् नेसनल ग्रिड नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने योजना बनाएका छौँ ।’

चुकेनी जलविद्युत् आयोजनाकाे निर्माण अन्तिम चरणमा

पातारासी गाउँपालिकाकै गडीगाउँस्थित करिब एक मेगावाटको चुकेनी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । पावरहाउसमा बिजुली बनेको छ । जुम्लाको सदरमुकाम खलंगामा बिजुली पुर्‍याउन लाइन विस्तार गरिएको छ । वैशाख दोस्रो सातासम्म सदरमुकाम खलंगासम्म बिजुली विस्तार हुने चुकेनी जलविद्युत् आयोजनाका प्राविधिकले बताएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मतका लागि पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ । उनले भने, ‘तत्काल नहर मर्मतको काम गरेर अवरुद्ध विद्युत् आपूर्ति गर्ने छौँ ।’