१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:४५:oo

नेपालमा विदेशी अपराधीहरूको चलखेल बढ्नुलाई कसरी हेर्नुभएको छ ?

यस्ता अपराधका घटना म सिआइबीमा हुँदा पनि फाट्टफुट्ट देखिन्थे । तर, पछिल्लो समयमा यसको ‘फ्रिक्वेन्सी’ बढेको देखिन्छ । अहिले जति पनि अपराध भइरहेका देखिन्छन्, तिनमा अत्याधुनिक प्रविधिको गम्भीर दुरुपयोग गरिएका छन् । प्रविधिमा हाम्रो प्रहरी सशक्त नभएको ठानेर पक्राउ परिने डरको कमीका कारण पनि यस्ता आपराधिक क्रियाकलाप बढेका हुन सक्छन् । हामीकहाँ प्रहरीमा तीव्र राजनीतीकरण मौलाएको छ । जसले गर्दा पनि प्रहरीका कतिपय संगठित अपराधमा अनुसन्धान फितला हुने गरेका छन् । सायद त्यसको पनि लाभ विदेशी अपराधीले उठाउन खोजेका हुन सक्छन् ।

यस्ता आपराधिक घटना बढ्नुको कारण के हुन सक्छ ?
मैले माथि नै भनिसकेँ– हामीकहाँ प्रहरीलाई प्रविधिमा चुस्त बनाउन पर्याप्त लगानी हुन सकेको छैन । प्रविधिमा पोख्त जनशक्ति तयार गर्ने कार्यमा पनि हामी पछाडि नै छौँ । पुलिसिङ प्रहरीले होइन, राजनीतिले गर्न थालेको छ । राजनीतिले ‘प्रोफेसनल’ जनशक्तिलाई ‘साइड’ लगाइरहेको छ, वेलावेलामा । विभिन्न संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीमाथि नै ‘ब्याकफायर’ भएको छ । यसमा विभागले प्रस्ट पार्न सकेको छैन । त्यसैले, प्रहरीको मनोबल कमजोर भएको मौका छोपेर विदेशी अपराधीहरू सल्बलाएका हुन सक्छन् ।

भविष्यमा यस्ता घटना हुन नदिन के गर्नुपर्ला त ?
सबैभन्दा पहिले प्रहरीलाई अत्याधुनिक प्रविधिबाट सुसज्जित गराउनुपर्छ । पुलिसिङको जिम्मेवारी प्रहरीलाई नै दिनुपर्छ, राजनीतिले पुलिसिङ गरेर हुँदैन । ऐन, नियमले जसलाई जे जिम्मेवारी दिएका छन्, त्यो तिनैलाई गर्न दिनुपर्छ । उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारीमा खटाउन सक्नुपर्छ । 

ad
ad