१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ ६९ रनले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:१९:oo

अर्जुन कुमालको शतकीय पारीका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा अलआउट हुँदै २१५ रनमै सीमित भयो।

लक्ष्य पछ्याउने क्रममा एक सय १८ बलको सामना गरेका अर्जुन कुमालले १४ चौकाको मद्दतमा सर्वाधिक एक सय दुई रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन्। नरेन भट्ट र रुपेश सिंहले १५ तथा देव खनालले ११ रन बनाउँदा सहाब अलाम ६, क्याप्टेन विनोद भण्डारी चार, विकास  आग्री तीन रनमा आउट भए। रञ्जित कुमार एक रन बनाएर नटआउट रहे भने भीम सार्की र रिजन ढकाल शून्य रनमै पेभेलियन फर्किए।

नेपाललाई रोक्ने क्रममा आयरल्यान्डका बेन ह्वाइट एक्लैले पाँच तथा गेभिन होइले चार विकेट दिलाए। म्याथ्यु फोस्टरले एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले यसअघि निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो।

आयरल्यान्ड ‘ए’का स्टिफन डोहनीले शतकीय पारी खेले। उनले एक सय २९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए। त्यस्तै, पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१  र फिन ह्यान्डले २० रन जोडे।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन–तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक–एक विकेट लिए। यसअघि भएको दुई खेलमा पनि नेपाल ‘ए’ पराजित भएको थियो।

ad
ad