Skip This
सभामुखको गणना असंवैधानिक भन्दै गण्डकीमा कांग्रेसले दियो निवेदन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखको गणना असंवैधानिक भन्दै गण्डकीमा कांग्रेसले दियो निवेदन 

मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

सभामुखको गणना गर्दै आवश्यक बहुमत संख्या पुर्‍याएर गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेपछि कांग्रेसले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिएको छ। 

कांग्रेस संसदीय दलको कार्यालय गण्डकी प्रदेशका तर्फबाट दलका नेतासमेत रहेका प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेको पत्र दलका उपनेता विन्दुकुमार थापा र प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेसहितको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पार्टीको तर्फबाट असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्ने व्यहोरासहितको चारबुँदे असहमतिपत्र बुझाएका हुन्। 

६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। 

अधिकारीलाई समर्थन गरेको माओवादीले सभामुखको संख्यालाई समेत गणना गरेको छ। सभामुखको संख्या गणना नगर्दा बहुमतको सरकारका लागि आवश्यक मत नपुग्ने भएपछि सभामुखसहितको संख्या जोडेर अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि भन्दै दलहरूले दाबी पेस गरेका हुन्। 

सरकार गठनका लागि निर्णायक मानिएको दुई सदस्य रहेको राप्रपाले २७ गतेसम्म कसैलाई समर्थन नगर्ने र केन्द्रमा हालको गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेपछि १६८ (२) बमोजिम दाबी पेस नगरेको अवस्थामा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेताको नाताले पुनः पाण्डे नै मुख्यमन्त्री हुने देखेपछि नयाँ गठबन्धनले पाण्डेलाई रोक्न सभामुखसहितको संख्या जोडेर दाबी पेस गरेकाे हाे।

प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा यसअघि काेशी प्रदेशमा भएको उदाहरण पेस गर्दै प्रदेश सभा सदस्यहरूको सनाखत गरेर मात्र अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसले भनेको छ।