१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख १९ बुधबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामेछापमा सुमो दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१o:oo

रामेछापमा टाटासुमो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ । खाँडादेवी गाउँपालिका– ९ पिङखुरीबाट आइतबार बिहान काठमाडौंका लागि छुटेको ना.१ज ५६२६ नम्बरको टाटासुमो दुर्घटना हुँदा गाडीमा सवार तीनजना यात्रु घाइते भएका हुन् ।

घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । खाँडादेवीको पिङखुरीबाट काठमाडौं जाँदै गरेको उक्त गाडी सोही गाउँपालिकाको वडा नम्बर ८ भदौरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी एकै परिवारका तीनजना घाइते भएका छन् । 

गाडी दुर्घटनामा घाइते हुनेहरूमा २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीया एलिसा भण्डारी र १४ वर्षीया एमुना भण्डारी रहेका छन् । घाइतेमध्ये दीपेन्द्र भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि ललितपुरको बी एन्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परेका एलिसा र एमुनाको अवस्था सामान्य रहेको छ ।

घटनापछि गाडीचालक वर्ष २२ का विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी अनियन्त्रित भई सडकवाट करिब ३५ मिटर तल भिरमा खसेको छ । घटनाबारे प्रहरीेले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । 
 

ad
ad