मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुमतिविना नास्ता पसलमा मदिरा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

वीरगन्ज महानगरपालिका–१० आर्दशनगरस्थित पुरानो बसपार्कको जग्गामा ठेकेदारले सम्झौताविपरीत पसल सञ्चालन गर्न दिएपछि स्थानीयवासीले आपत्ति जनाएका छन्। वीरगन्जको सानको रूपमा रहेको आर्दशनगरको जग्गामा ठेकेदारले सम्झौताविपरीत नास्ता पसलमा मदिरा बेच्न दिएकाे भन्दै स्थानीयवासीले आपत्ति जनाएका हुन्।

महानगरपालिकाले पाँच वर्षको लागि बसपार्कको जग्गामा स्थानीय गणपति निर्माण सेवालाई सवारी पार्किङ, पसल एवं शौचालय व्यवस्थापन तथा सञ्चालन गर्ने गरी ठेक्का दिएको छ। तर, सम्झौताविपरीत नास्ता पसलमा मदिरा बिक्री-वितरण हुँदै आएको स्थानीय राजेश साहले गुनासो गरे।

महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ देखि आर्थिक वर्ष ०८२/८३ सम्म पाँच वर्षका लागि बसपार्कको जग्गामा ठेक्का लगाएको छ।

नास्ता पसलमा मदिरा बेच्न दिएर यस क्षेत्रकै शाख घटाउने काम भयो : पूर्वमन्त्री शर्मा
नेपाली कांग्रेका नेता तथा प्रदेश सरकारका पूर्वखानेपानीमन्त्री ओमप्रकाश शर्मा महानगरपालिकाले खुला रूपमा नास्ता पसलमा रक्सी बेच्न लगाएर यस क्षेत्रकै साख घटाउने काम गरेको टिप्पणी गरेका छन्।

महानगरले पार्क, सपिङ मल बनाउनुपर्ने भए पनि पैसाको लागि खुला रूपमा नास्ता पसलमा रक्सी बिक्री गर्न लगाउनु दुःखद भएको बताए। यो क्षेत्रमा रक्सी  र मासु पसल सञ्चालन गर्न नदिन र यस क्षेत्रको साख जोगाउन महानगरले काम गर्नुपर्ने उनको भनाइ छ।

मदिरा बेच्ने अनुमति दिइएको छैन : ठेकेदार
गणपति निर्माण सेवाका सञ्चालक लखनलाल गुप्ताले बसपार्कको जग्गामा अनुमतिअनुसार नै पसल सञ्चालन भइरहेको बताए। उक्त जग्गामा सम्झौताअनुसारको नास्ता पसल नै सञ्चालन भइरहेको उनको दाबी छ।

बसर्पाकमा खुला रूपमा रक्सी बिक्री भइरहेको भन्ने प्रश्नमा गुप्ताले रक्सी पसल सञ्चालन गर्न कसैलाई पनि अनुमति नदिइएको बताए। साथै, उनले ठेकेदारको अनुमतिविना कुनै पसलले बिक्री-वितरण गरेको भए आफू जानकार नरहेको बताए।
उनका अनुसार आव ०७८/७९ देखि ०८२/८३ सम्म पाँच वर्षका लागि ठेक्का साकार गरिएको छ। प्रत्येक वर्ष १० प्रतिशत रकम बढ्ने गरी आव ०७८/७९ मा १० लाख २५ हजार पाँच सय रुपैयाँमा ठेक्का लिएको उनले बताए।