१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:५६:oo

ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना शनिबार बिहान ६ बजेतिर भएको थियो। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रूपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थ जलेर नष्ट भएकाे जानकारी दिए।

ad
ad