१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिल्ला न्यायाधीशमा १० जना सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३१:oo

न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १०  न्यायाधीश पदमा नियुक्तिको सिफारिस गरेको छ । न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारीको जिल्ला न्यायाधीशमा सिफारिस भएको हो ।

न्याय समूहबाट सर्वाेच्च अदालतका इजलास अधिकृत नरेन्द्रबहादुर बुढा, उच्च अदालत इलामका रजिस्ट्रार जीवनकुमार भण्डारी, उच्च अदालत पोखराको बाग्लुङ इजलासका रजिस्ट्रार मुकुन्द आचार्य, बाजुरा जिल्ला अदालतका स्रेस्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेस्तेदार शिवबहादुर थापा, सर्वाेच्चका उपरजिस्ट्रार महेन्द्रबहादुर कार्की र सर्वाेच्चकी इजलास अधिकृत फणेश्वरी घिमिरे छन् ।

सरकारी वकिल समूहबाट जिल्ला सरकारी वकिल कार्यालय दोलखाका प्रमुख अर्जुनप्रसाद कोइराला र महान्यायाधिवक्ता कार्यालयकी उपन्यायाधिवक्ता विमला रेग्मी तथा कानुन समूहबाट ऊर्जा मन्त्रालयका उपसचिव दीपक घिमिरेको सिफारिस भएको छ । न्यायपरिषद्ले उच्च र जिल्लाका केही न्यायाधीशको पनि सरुवा गरेको छ ।