Skip This
आठौँ विराट गोल्डकप : सिक्किमलाई हराउँदै  मच्छिन्द्र फाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o चैत २३ शुक्रबार o७:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप : सिक्किमलाई हराउँदै  मच्छिन्द्र फाइनलमा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार o७:४७:oo

मच्छिन्द्रका मनीष डाँगीको सटीक पासमा आयुष घलानको खेलको ९४औँ मिनेटमा निर्णायक गोल 

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर सहिद मैदानमा बिहीबार सिक्किम ड्रागन भारतलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले मोरङसँगको फाइनल भिडन्त पक्का गरेको हो । मच्छिन्द्रका आयुष घलानले खेलको ९४औँ मिनेटमा निर्णायक गोल गरेका थिए । वैकल्पिक खेलाडी मनीष डाँगीले निकालेको क्रसमा आयुषले आकर्षक गोल गरी टोलीलाई १–० को अग्रता दिलाए । उनकै एक मात्र गोलमा मच्छिन्द्र फाइनल पुग्यो । हिसुब थपलियाको स्थानमा मनीष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । 

सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीको फिनिसिङ पक्ष कमजोर भएको बताए । ‘मच्छिन्द्रविरुद्धको प्रतिस्पर्धामा खेलाडीले फिनिसिङमा कमजोर प्रदर्शन गरे,’ भुटियाले भने, ‘यसकारण पराजित भएका हौँ ।’ उनले अन्तिम अतिरिक्त समयमा बायाँ साइडका खेलाडीले कमजोर प्रदर्शन गरेको जनाए । ‘हामी जुन स्थानमा कमजोर थियौँ, त्यहीँ स्थानबाटै गोल भयो,’ उनले भने, ‘अन्तिम समयमा खेलाडी समालिएर खेल्न सकेनन् ।’ 

मध्यान्तरपछि मच्छिन्द्रको रणनीति परिवर्तन
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले मध्यान्तरपछिको रणनीति सफल भएको प्रतिक्रिया दिएका छन् । ‘पहिलो हाफमा थुप्रै अवसर गुमाएकाले मध्यान्तरपछि रणनीति परिवर्तन गरी विपक्षीमाथि दबाब राख्यौँ,’ न्यौपानेले भने, ‘फिनिसिङ सोचेजस्तो भएन । त्यसैले जितका लागि अतिरिक्त समयसम्म कुर्नुपरेको हो ।’ उनले फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।

दोस्रो सेमिफाइनलमा दुवै टोलीको फिनिसिङ पक्ष कमजोर देखियो । सिक्किमका आदर्श तामाङले नवौँ मिनेटमा पोस्टभन्दा ३० यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबार हुँदै बाहिरिएको थियो । खेलको २८औँ मिनेटमा सिक्किमका आदर्शले गरेको प्रहार बारमाथि गयो । खेलको ३२औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एन्डे«सले डिबक्सभित्रबाट गरेको प्रहार सिक्किमका गोलरक्षक प्रिसोले विफल पारे । पहिलो हाफको अतिरिक्त समयमा मनीष श्रेष्ठले दिएको पासमा हिसुब थपलियाको प्रहारलाई सिक्किमका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ५२औँ मिनेटमा मच्छिन्द्रका एन्डे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८आंँ मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार प्रिसोले क्लियर गरे । खेलको ८९औँ मिनेटमा सिक्किमका आदर्शले पेनाल्टी एरियाबाट गरेको बल पहिलो बार हुँदै बाहिरियो । गोल्डकप विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही २१ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ ।