१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३५:oo

बन्चरेडाँडावासीले फोहोर बोकेका गाडी रोक्ने भन्दै छन् नि ?
बन्चरेडाँडावासीका मागसम्बन्धमा हामीले केही दिनअघि नै सहरी विकास मन्त्रालयमा छलफल गरिसकेका छौँ । उहाँहरूका माग पटकपटक आई नै रहेका छन् र हामीले पनि सक्दो पूरा गर्दै आएका छौँ । उहाँहरूले बफर जोन घोषणा गर्ने, जग्गा अधिग्रहण गरी बस्ती स्थानान्तरण गर्नेलगायत माग पनि राख्नुभएको छ । यससम्बन्धी कार्यविधि बनेकै छैन । यसका लागि समय लाग्छ । उहाँहरूले वेलावेलामा हामीलाई सचेत गराइरहनु राम्रो हो । तर, फोहोर विसर्जनमै अवरोध गर्नुहोला जस्तोचाहिँ लाग्दैन । 

स्थानीयवासीका माग कति पूरा भए र कति बाँकी छन् ?
उहाँहरूका अधिकांश माग पूरा भइसकेका छन् । हामीले गर्न सक्नेजति पूरा गरिसकेका छौँ । लिचेट ट्रिटमेन्टको काम अघि बढेको छ । झिँगा नियन्त्रणको काम भइसकेको छ । अरू पनि महानगरले पूरा गर्न सक्ने स्तरका माग हामीले सम्बोधन गरिसकेका छौँ । तर, बफर जोन, मानव बस्ती स्थानान्तरण जस्ता काम हामीले गर्न सक्दैनौँ । यसका लागि हामीले सहरी विकास मन्त्रालयलाई अवगत गराइसकेका छौँ । अब मन्त्रालय स्तरबाटै काम हुन्छ । 

फोहोरमा अवरोध हुन नदिन आगामी दिनमा के गर्नुहुन्छ ?
सबैभन्दा पहिले त हामी उहाँहरूसित वार्तामा बस्छौँ र सकभर कन्भिन्स गर्छौं । फोहोर विसर्जनमा अवरोध गर्ने आन्दोलन फिर्ता लिन अनुरोध गर्छौं । सहरी विकास मन्त्रालयले पनि यसबारे उहाँहरूलाई पत्र पठाइसकेको छ । स्थानीयवासीका तर्फबाट सबैतिर पत्र छाडिएको छ । अहिलेसम्म उहाँहरू आउनुभएको छैन । आएपछि वार्तामार्फत समाधान खोज्छौँ । 

ad
ad