
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ चैतमा हुने भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकले उपाध्यक्षको निर्वाचन घोषणा गरेको हो।
राष्ट्रिय सभा नियमावलीमा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले हालै राजीनामा दिएपछि पद रिक्त छ ।
निर्वाचनको प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक चैत २८ गते बुधबार दिनको १ः१५ बजे बस्ने भएको छ।