१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Wednesday, 02 July, 2025
२o८o चैत २१ बुधबार १२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दाङमा दुई यात्रुवाहक बस एक–आपसमा ठोक्किए, दुर्घटनाकाे थप विवरण आउन बाँकी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १२:२८:oo

दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको छ। लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एक–आपसमा ठोक्किँदा केही यात्रु घाइते भएका छन्।

घाइतेको यकिन विवरण आइनसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार दुवै बसमा सवार रहेका केही यात्रु घाइते भएका छन्। सामान्य घाइतेको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ। 

बुटवलबाट सुर्खेत जाँदै गरेको लु.१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा.१ख २५८१ नम्बरको यात्रुवाहक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए। थप विवरण आउन बाँकी छ।