Skip This
गुल्मीमा सम्बन्धविच्छेदकाे दर ८ प्रतिशत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Saturday, 27 July, 2024
२o८o चैत २० मंगलबार १४:१६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा सम्बन्धविच्छेदकाे दर ८ प्रतिशत

ज्येष्ठ नागरिक र बालबालिका प्रभावित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १४:१६:oo

इस्मा (३६) ले भारतमा काम गर्थे। सात वर्षअघि मागी विवाह गरे। विवाहपछि वृद्ध बाबा–आमाको हेरचारमा सजिलो भयो। 

विस्तारै दुई सन्तान पनि भए। श्रीमतीले परिवार व्यावस्थापन गरेकाले इस्मा (३६) ले कमाइ पनि राम्रै गरेका थिए, तर पछिल्लो समय सम्बन्ध बिग्रिँदै गयो। 

इस्मा (३६) जागिर छोडेर घर आए। धेरैपटक श्रीमतीसँग सम्बन्ध सुधारका प्रयास गरे। त्यो सम्भव देखिएन। अन्ततः केही समयअघि दुईजनाबीच सम्बन्धविच्छेद भयो। घरको राम्रो आर्थिक अवस्था थिएन। त्यसैले इस्मा (३६) भारत पसेका थिए। उनी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि घर आए। अहिले श्रीमती र जागिर दुवै छैन। साना लालाबालासित वृद्ध बाबा–आमाको व्यावस्थापन इस्मा (३६) कै थाप्लोमा छ।

‘सबैभन्दा ठूलो कुरा परिवार रहेछ। मन बिग्रेपछि परिवार पनि बिग्रियो,’ उनले भने, ‘मैले सम्बन्ध सुधारका कैयन प्रयास गरेँ, उनले छोराछोरी र मलाई नसम्झेपछि मेरो केही लागेन ।’ उनले छोराछोरी र बाबा–आमा छोडेर काम वा विकल्प खोज्न नसकेको गुनासो गरे। 

गुल्मीदरबार (४६) ले श्रीमतीको भरमा छोराछोरी र बिरामी बुवा छोडेर परदेश थिए। चार वर्षसम्म घर र परदेश गरे। कमाई पनि राम्रो नै थियो । तर, पछि दुईजनाको सम्बन्ध बिग्रियो। केही समय पहिले गुल्मीदरबार (४६) घर आएपछि सम्बन्धविच्छेद भयो। एक छोरी र बिरामी बुवाको व्यवस्थापन गुल्मीदरबार (४६) आफैँले गरिरहेका छन्। छुट्टीमा व्यवस्थापनको काम नसकिएपछि टिकट छुट्यो र जागिर पनि रहेन। 

यी त जिल्लाका प्रतिनिधिमूलक घटना हुन्। गुल्मीमा वार्षिक रूपमा हुने विवाहको आठ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको पाइएको छ। जिल्लामा दुई नगर र १० गाउँपालिका छन्। जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको जिल्लाका १२ स्थानीय तहको पञ्जीकरणको विवरणका आधारमा आर्थिक वर्ष ०७९/८० मा तीन सय ४९ सम्बन्धविच्छेद भएका छन् भने चार हजार दुई सय ६० विवाह दर्ता भएका छन्। गत वर्ष जम्मा विवाहको ८.१९ प्रतिशत सम्बन्धविच्छेद भएका छन्। 

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा तीन सय ६९ सम्बन्धविच्छेद भएका छन्। सोही आर्थिक वर्षमा चार हजार ६ सय ८८ विवाह दर्ता भएका थिए। 

आर्थिक वर्ष ०७८/७९ मा जम्मा विवाहको ७.८७ प्रतिशत सम्बन्धविच्छेद भएका छन्। जिल्लाको पालिकागत विवरण हेर्दा गुल्मीको रेसुंगा नगरपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना ३९ र ०७९/८० मा ५२ छन्। त्यस्तै, आर्थिक ०७८/७९ मा विवाह दर्ताका घटना चार सय ४० र ०७९/८० मा तीन सय ६० छन् । मुसिकोट नगरपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना एक सय २८ र ०७९/८० मा ५१ छन्। 

त्यस्तै, आर्थिक वर्ष ०७८÷७९ मा विवाह दर्ताका घटना पाँच सय ३२ र ०७९/८० मा पाँच सय ४१ रहेको जिल्ला समन्वय समिति गुल्मीका सूचना अधिकारी सिर्जना मिश्रले जानकारी दिइन् । त्यस्तै, कालिगण्डकी गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना ११ र ०७९/८० मा २३ छन् । 

आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना दुई सय ७६ र ०७९/८० मा दुई सय ४० छ । सत्यवती गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना २३ र ०७९/८० मा २० छन्। 

आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन सय २० र ०७९/८० मा चार सय दुई रहेको मिश्रले बताइन्। चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष ०७८÷७९ मा सम्बन्धविच्छेदका घटना ११ र ०७९/८० मा १५ रहेका छन् । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन सय ५६ र ०७९/८० मा तीन सय चार छन्। 

रुरुक्षेत्र गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना २१ र ०७९/८० मा २० रहेका छन्। त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन सय ४७ र ०७९/८० मा दुई सय ८७ छन्। 

मिश्रका अनुसार छत्रकोट गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना ६६ र ०७९/८० मा ५२ छन् । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना ६ सय ४४ र ०७९/८० मा पाँच सय २४ छन्। गुल्मीदरबार गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना २७ र ०७९/८० मा ३६ रहेका छन् । 

यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन सय ५९ र ०७९/८० मा तीन सय ३२ रहेका छन् । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना १० र ०७९/८० मा १५ छन्। त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन ९६ र ०७९/८० मा तीन सय ३० छन् । 

इस्मा गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना १६ र ०७९/८० मा ३१ छन्। त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना चार सय १७ र ०७९/८० मा तीन सय पाँच छन्। मालिका गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना १२ र ०७९/८० मा २३ छन्। 

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना तीन सय ६२ र ०७९/८० मा तीन सय नौ छन्। मदाने गाउँपालिकामा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका घटना पाँच र ०७९/८० मा २१ छन् । त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा विवाह दर्ताका घटना दुई सय ६६ र ०७९/८० मा तीन सय २६ छन्। सम्बन्धविच्छेदबाट सबैभन्दा बढी प्रभावित बालबालिका र जेष्ठ नागरिक भइरहेका छन्। 

बुबा-आमाको सम्बन्धविच्छेदबाट बालबालिकाहरूले राम्रो संरक्षण र शिक्षादीक्षा नपाउने गरेका छन् । त्यस्तै, रोगी र उमेर पुगेका जेष्ठ नागरिकहरूले साना बालबालिकाको संरक्षण गर्न निकै मुस्किल परिरहेको छ।

सामाजिक अगुवा तथा अधिवक्ता गणेश श्रीपालीले समग्र देशको अवस्थामा सुधार नआएसम्म सम्बन्धविच्छेद र आत्महत्याजस्ता घटना न्यूनीकरणमा चुनौती हुने बताए। 

एकातिर जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या व्यापक छ भने अर्कोतिर वैदेशिक रोजगारीपछिको पारिवारिक विचलन हुने संख्या पनि उस्तै छ। 

त्यस्तै, समाजमा बढ्दो स्वतन्त्रता, खुलापन, नारीहरूमा बढ्दो सक्षमता र आधुनिक सुविधाले सम्बन्धविच्छेद बढिरहेको श्रीपालीले बताए । उनले सम्बन्धविच्छेदले बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगी परिवारमा निकै दुःख लाग्दो स्थिति रहेको बताए । स्थानीय तहहरूका न्यायिक समितिमा पनि पारिवारिक विचलनका घटनाको चाङ ठूलो छ। 

न्यायिक समितिमा सकेसम्म सम्बन्ध सुधारको प्रयास गरिन्छ। क्षेत्राधिकारभित्र सम्बन्धविच्छेद नपर्ने भएकाले आफूहरूले छलफल मिलापत्र नभए अदालत पठाउने गर्दै आएको इस्मा गाउँपालिकाको उपप्रमुख तथा न्यायिक समिति संयोजक अधिवक्ता पार्वती कुँवरले बताइन्। 

सम्बन्धविच्छेदको प्रभाव समाजमा नराम्रो भए पनि स्थानीय सरकारबाट समाधानको ठोस योजना नभएकाले केही गर्न नसकिएको कुँवरले बताइन्।