मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ सिंहदरबार प्रहरी कार्यालयमा, रुसी सेनामा कार्यरतका परिवारजनसँग भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबार पश्चिम गेटबाट पक्राउ परेका रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारलाई  सिंहदरबार प्रहरी कार्यालय पुगेर भेटेका छन्।

रुसमा रहेका आफन्तको जीवनरक्षाको माग गर्दै ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’का तर्फबाट बिहान सिंहदरबार गेटमा प्रदर्शन भएको थियो। त्यसक्रममा अभियानका संयोजक कृतु भण्डारीसहित १५ जनालाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय सिंहदरबारमा राखेको छ।

सोमबारै चीन भ्रमणबाट फर्केका उपप्रधानमन्त्री श्रेष्ठलाई आफूहरू पक्राउ परेको जानकारी गराएपछि श्रेष्ठ उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए।

‘उपप्रधानमन्त्रीज्यूले आएर परिवारजनप्रति सहानुभूति जनाउनुभयो र परिवारको माग सम्बोधन गर्न प्रयत्नरत रहेको पनि बताउनुभयो,’ अभियानकी संयोजक एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीले भनिन्, ‘केहीबेर परिवारजनलाई सम्बोधन गरेर उहाँ फर्किनुभयो।’

रुसी सेनामा भर्ती भएका परिवारका सदस्यले उनीहरूलाई फिर्ताको माग गर्दै बिहान सिंहदरबारमा प्रदर्शन गरेका थिए। त्यसक्रममा एकजना १८ महिनाका बालकसहित १५ जना पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादव, चाँदनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्तीमगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई र मीनबहादुर दाहाल छन्।