१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस नयाँ दिल्ली
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गेमिङ फिचर थप्दै लिंक्डइन

Read Time : < 1 मिनेट
रासस, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

लाखौँ व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरू खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन्।

माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरू थप्ने तयारी भइरहेको बताइएको छ। जागिरको खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ।

लाखौँ व्यक्तिलाई जोडेको ‘वर्डल’जस्ता पजल–मेनिया ( मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको संग्रह)ले लोकप्रियता हासिल गर्न थालेको छ। माइक्रोसफ्टले ‘क्विन्स’, ‘इन्फरेन्सन’ र ‘क्रसक्लिम्ब’ खेललाई अगाडि सारेको छ।

लिंक्डइनका एक प्रवक्ताले भने, ‘हामीले गेमिङमा काम गरिरहेको छौँ। तर, अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भइसकेको छैन।’ उनले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरू रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन लागेको बताए।

अन्य धेरै सामाजिक सञ्जालले पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन्। लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ।